Logo

सुनको मूल्य घट्यो, प्रतितोला ९० हजार ६ सयमा कारोबार हुँदैं

सुनको मूल्य घट्यो, प्रतितोला ९० हजार ६ सयमा कारोबार हुँदैं



काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य goldघटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा एक सयले घटेर प्रतितोला ९० हजार ६ सयमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार छापावाला सुन तोला ९० हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १०० रहेको छ ।

त्यसैगरी चाँदीको मूल्य आज तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १२०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL