काठमाडौं । व्यवस्थापिका संसदको विकास समितिले डिजेल र पेट्रोलबाट चल्ने सवारी साधनको आयात घटाइ घटाउन निर्देशन दिएको छ । समितिका सभापति रविन्द्र अधिकारीको अध्यक्षतमा वसेको बैंठकले इन्धन समस्या समाधान गर्न डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधनको आयातमा कडाइ गरी विद्युतबाट चल्ने साधनलाई प्रवद्र्धन गर्न सरकारलाई निर्देशन दिएको हो ।
समितिले भौतिक पूर्वाधार मन्त्रालय, वातावरण मन्त्रालय, काठमाडौं महानगरपालिका लगायतका प्रतिनिधिलाई बैंठकमा वोलाएर सो निर्देशन दिएको हो । उनीहरुलाई आगामी दिनमा विद्युतीय सवारीसाधनको प्रवद्र्धन गर्न समेत निर्देशन दिएको छ ।
पेट्रोल तथा डिजेलमा परनिर्भरता रहेका कारण कुनै पनि समयमा समस्या आउने भन्दै त्यस्ता समस्याबाट जोगिक विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रथमिकता दिनुपर्ने बताएको छ । यसैगरी, समितिले सार्वजनिक यातायातलाई पनि व्यवस्थित तरिकाबाट संचालन गर्न निर्देशन दिएको छ । ‘अहिले एकदमै अव्यवस्थित तरिबाट सवार्जनिक सवारीसाधन संचालन गरिरहेका छन्,’ उनले भने, ‘जसको प्रत्यक्ष असर सर्वसाधारण यात्रुलाई परेको छ ।’