Logo

सुनको मूल्य तोलामा एक हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य तोलामा एक हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा एक हजारले बढेर प्रतितोला ९० हजार ७ सयमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार छापावाला सुन तोला ८९ हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार २०० रहेको छ ।

त्यसैगरी चाँदीको मूल्य आज तोलामा २० रुपैयाँले बढेर प्रतितोला १२०५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL