Logo

विद्युतीय सवारीको प्रयोग बढाउने सरकारको योजना, एक वर्षमा ५० वटा चार्जिङ स्टेशन निर्माणको घोषणा

विद्युतीय सवारीको प्रयोग बढाउने सरकारको योजना, एक वर्षमा ५० वटा चार्जिङ स्टेशन निर्माणको घोषणा



काठमाडौं । सरकारले डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधनलाई विस्थापित गर्दै विद्युतीय सवारीसाधनको प्रयोग वृद्धि गर्दै लाने योजना तय गरेको छ । उर्जा मन्त्रालयले विद्युत् महसुलमा सहुलियत दिने र यसै वर्षभित्र ५० वटा चार्जिङ स्टेशन निर्माण गर्ने घोषणा गरेको हो ।

सरकारले हेभी ड्युटीका गाडीबाहेक अन्य प्रयोजनका लागि मन्त्रालय र मातहतका कार्यालयले विद्युतीय गाडी खरिद गर्ने तथा बढी भएको विद्युत् निर्यात गर्न अन्तरदेशीय विद्युत् बजारको सुनिश्चितता गर्ने नीति अघि सारेको छ ।

उर्जा मन्त्री पम्फा भुसालले बुधबार सार्वजनिक गरेको कार्ययोजनामा विद्युतीय सवारीसाधनको प्रयोग वृद्धि गर्दै लाने योजना अनुरुप विद्युत् महसुलमा सहुलियत दिने र यसै वर्षभित्र ५० वटा चार्जिङ स्टेशन निर्माण गर्ने घोषणा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL