Logo

आइएमई लाइफद्वारा बीमा दावी भुक्तानी, बीमा गरेको १४ महिनामै पौडेलले पाए २५ लाख

आइएमई लाइफद्वारा बीमा दावी भुक्तानी, बीमा गरेको १४ महिनामै पौडेलले पाए २५ लाख



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले घातक रोगको बीमा गरेका हिमाल पौडेललाई २५ लाख रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको हेटौडा शाखा कार्यालयबाट अधिल्लो बर्ष माघमा जीवन बीमा योजना र सो योजना अन्तर्गत घातक रोगका रक्षावरण समेत हुने गरी बीमा गरेका उनलाई कम्पनीले उक्त रकम हस्तान्तरण गरेको हो ।

बीमा गरेको करिब १४ महिनाको अवधिमा नै क्यान्सर प्रमाणित भएका बीमितलाई कम्पनीले उक्त दाबी भुक्तानी गरेको हो । कम्पनीले पछिल्लो समय विभिन्न २१ घातक रोगहरु विरुद्ध रक्षावरण हुने बीमालेख योजना ल्याएको छ ।

कम्पनीले दाबी भुक्तानी प्रकृया सहज बनाई छिटो तथा प्रभावकारी ढंगबाट दावी भुक्तानी फछ्र्यौट गर्ने लक्ष्य लिएको प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले जानकारी दिए । उनले दाबी भुक्तानी समयमा नै हुँदा बीमित तथा आश्रित परिवारहरुलाई बीमा वापतको लाभ समयमा उपलब्ध हुने, आर्थिक स्तरमा समेत थप सहयोग हुने र जीवन बीमाप्रति थप भरोसा रहने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL