Logo

पछिल्लो २४ घण्टामा ३४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि, ३० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ३४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि, ३० जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९ सय ७ पीसीआर परीक्षणमा २ हजार ६ सय १६ र ५ हजार ७ सय ४९ एन्टिजेन परीक्षणमा ८ सय ६५ जना गरी ३ हजार ४ सय ८१ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौं उपत्यकामा ९ सय ६४ संक्रमित भेटिएका छन् । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्