काठमाडौं । नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले पदबाट राजीनामा दिएका छन् । सरकारले राजनीतिक प्रतिशोध लिन पुर्वाग्रही ढंगले स्पष्टीकरण सोधेको भन्दै उनले स्पष्टीकरणको नाटकमा आफू नफस्ने भन्दै राजीनामा दिएका हुन् ।
भट्टराईले वर्तमान सरकारलाई अराजनीतिक ढंगले स्थापित र जनविरोधि तथा विकासविरोधी भएकाले यो सरकारसँग काम गर्न नसक्ने बताएका छन् ।
सरकारले यस अघि भट्टराईलाई स्पष्टिकरण सोधेपनि उनले त्यसको जवाफ भने दिएका थिएनन् ।