Logo

घट्यो सुनको मूल्य, प्रतितोला ८८ हजार ८ सयमा कारोबार हुँदैं

घट्यो सुनको मूल्य, प्रतितोला ८८ हजार ८ सयमा कारोबार हुँदैं



काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ । मंगलबार प्रतितोला ८९ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ८८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

मंगलबारको तुलनामा आज बुधबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो । महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ७५० रहेको छ । यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।

मंगलबार प्रतितोला एक हजार २०५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार १९० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL