Logo

पछिल्लो २४ घण्टामा थप ४९ सय ४ जनामा कोरोना संक्रमण पुष्टि, ३५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ४९ सय ४ जनामा कोरोना संक्रमण पुष्टि, ३५ जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ९ सय ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार १ सय २३ जनाको परीक्षणमा ४ हजनार ९ सय ४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमणका कारण ३५ जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ हजार १ सय १५ जना निको भएका छन् ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख २० हजार ६ सय ८० पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार १ सय ५० पुगेको छ भने ६ लाख ७३ हजार १ सय ९८ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्