Logo

काठमाडौंमा भदौ ८ गतेसम्म थप कडाईसहित निषेधाज्ञा, राति ८ बजेदेखि सवारी संचालनमा रोक

काठमाडौंमा भदौ ८ गतेसम्म थप कडाईसहित निषेधाज्ञा, राति ८ बजेदेखि सवारी संचालनमा रोक



काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबारदेखि अझै कडाइका साथ निषेधाज्ञा थपिने भएको छ । कोरोना भाइरसको संक्रमण उपत्यकामा बढ्दै जाँदा अझै कडाइका साथ निषेधाज्ञा थप हुने भएको हो ।

बिहीबारबाट लागू हुनेगरी निषेधाज्ञा जारी गर्दै राति ८ बजेबाट अत्यावश्यक बाहेक कुनैपनि सवारीहरु संचानल गर्न रोक लगाउने समेत निर्णय भएको छ ।

काठमाडौं उपत्यकाका ३ वटै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कडाइका साथ भदौ ८ गतेसम्म निषेधाज्ञा लागू गर्ने निर्णय गरेको बताइएको छ ।अत्यावश्यक अवस्थाका सवारीहरु भने जुसुकै बेला पनि चल्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL