Logo

आधा दर्जन सचिवको सरुवा, बैकुण्ठ अर्याललाई संचार मन्त्रालयको जिम्मा

आधा दर्जन सचिवको सरुवा, बैकुण्ठ अर्याललाई संचार मन्त्रालयको जिम्मा



काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद बैठकले आधा दर्जन सचिवको सरुवा गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकले हालसम्म प्रधानमन्त्री कार्यालयमा रहेका वैकुण्ठ अर्याललाई सूचना तथा संचार मन्त्रालयको सचिव पदको जिम्मेवारी दिएको छ भने गृह मन्त्रालयको सचिवमा टेकनारायण पाण्डेलाई ल्याइएको हो । पाण्डे यसअघि भूमि व्यवस्था मन्त्रालयमा कार्यरत थिए ।

मन्त्रिपरिषद् बैठकले रक्षा सचिवमा बेगेन्द्र शर्मा पौड्याललाई ल्याएको छ । शर्मा यसअघि वित्त आयोगमा थिए । प्रदेश नम्बर १ का प्रमुख सचिव सुमन अर्याललाई महालेखा परीक्षकको कार्यालयमा सरुवा गरिएको गरिएको छ । त्यस्तै, कर्णाली प्रदेशका प्रमुख सचिव गणेशप्रसाद पाण्डेलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL