Logo

निजामति कर्मचारीको नयाँ तलवमान स्विकृत गरिने, यस्तो छ मन्त्रिपरिषदको निर्णय

निजामति कर्मचारीको नयाँ तलवमान स्विकृत गरिने, यस्तो छ मन्त्रिपरिषदको निर्णय



काठमाडौं । सरकारले सबै निजामती कर्मचारीहरुको नयाँ तलवमान स्विकृत गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयका शिक्षक, प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान स्वीकृत गर्ने निर्णय गरेको हो ।


यसअघि चालु आर्थिक बर्षको बजेट भाषणमा सबै निजामती कर्मचारीहरुको तलव २ हजार रुपैयाँले बढाईएको थियो । लगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वको सरकार आएपछि यसलाई परिवर्तन गरी नयाँ तलवमान स्विकृत गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्