Logo

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक, विद्युत् प्राधिकरणमा कुलमानलाई ल्याउने प्रस्ताव पेश हुँदैं

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक, विद्युत् प्राधिकरणमा कुलमानलाई ल्याउने प्रस्ताव पेश हुँदैं



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । सोमबार दिउँसो ३ बजेपछि बालुवाटारमा बस्नेगरी मन्त्रिपरिषद बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजको मन्त्रिपरिषद बैठकमा हिजो मात्रै सरकारले सार्वजनिक गरेको साझा कार्यक्रममाथि छलफल गर्नुका साथै त्यसको कार्यान्वयनका लागि आवश्यक निर्णय गर्नेछ ।

साथै बैठकमा केही राजनीतिक नियुक्तिबारे समेत छलफल हुनसक्ने एक मन्त्रीले बताए । ‘बैठकका एजेण्डा खुलाइएको छैन । नियमित कामका लागि केही महत्वपुर्ण निर्णय हुनसक्छन्’ ती मन्त्रीको भनाइ छ ।

बैठकमा विद्युत् प्राधिकरणमा कुलमानलाई ल्याउने प्रस्ताव मन्त्रिपरिषद्‍मा पेश हुने बताइएको छ । सरकारले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुन ल्याउने तयारी गरिरहेको छ ।

ऊर्जा मन्त्रालयले कुलमानलाई प्राधिकरणको निर्देशक बनाउने प्रस्ताव आज बस्ने मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी भएको बुझिएको छ । स्रोतका अनुसार हालका कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई भने ऊर्जा आयोगमा सरुवा गर्ने तयारी गरेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL