काठमाडौं । सरकारले आर्थिक सम्बन्धी सबै विधेयकहरुलाई आगामी ३ महिनाभित्र संसदबाट पारित गर्ने बताएको छ । आईतबार संयुक्त सरकारको साझा न्युनतम कार्यक्रम सार्वजनिक गर्दै सबै विधेयक पारित गरिने बताईएको हो ।
हाल पाईपलाईनमा रहेका विभिन्न विधेयकहरुलाई ३ महिनाभित्रै पारित गरिने बताईएको छ । यस्तै न्युृनतम साझा कार्यक्रममा अघिल्लो सरकारले बजेटमा ल्याएको चुरेको ढुंगा गिट्टी निर्यात गर्ने नीति विरुद्ध चुरे दोहन रोक्ने, स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे छानविन गर्नेलगायतका कुराहरु समेटिएका छन् ।
यस्तै विद्युतको शुल्क मिनाहा, कोरोना प्रभावित व्यवसायीलाई बैंक ब्याजदर मिनाहा, मेलम्ची खानेपानी आयोजनाको चाँडो पुनर्निर्माणलगायतका कार्यहरुलाई उक्त कार्यक्रममा प्राथमिकतामा राखिएको छ ।