Logo

कोरोनाका कारण पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु, २५ सय ४८ जनामा संक्रमण पुष्टि

कोरोनाका कारण पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु, २५ सय ४८ जनामा संक्रमण पुष्टि



नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाईरस संक्रमणका कारण मृत्यु हुनेको संख्या मात्रै ५५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसचार पछिल्लो २४ घण्टामा २ हजार ५ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा ५५ जनाको मृत्यु भएको हो ।

पछिल्लो २४ घण्टामा ९ हजार ३३ पीसीआर परीक्षण गर्दा २ हजार १ सय ३७ जना र ३ हजार ३ सय ४५ एन्टिजेन परीक्षण गर्दा ४ सय ११ गरी २ हजार ५ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा २ हजार २९ जना कोरोनामुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्