काडमाडौं । पछिल्लो समय सेयर बजारको वृद्धिलाई जलविद्युत समुहको परिसुचकले टेको दिँदै आएको छ । नेपला स्टक एक्स्चेञ्ज ९नेप्से० मा बढि प्रभुत्व जमाएको बैंक वित्तीय संस्था तथा बीमा क्षेत्रका परिसुचक ओरालो लागिरहँदा पनि जलविद्युत क्षेत्रले समग्र नेप्से परिसुचकलाई टेवा दिँदै आएको छ ।
आईतबार पनि बजारमा बीमा समुहको परिसुचक उच्च अंकले घट्दा पनि जविद्युत समुहको परिसुचक बढेका कारण अन्तिम समयमा सामान्य भएपनि बजार बढ्न पुगेको छ । विकास बंैंक समुहको परिसुचक ६६ अंकले बढेको र अन्तिम समयमा बैंकिङ्क समुह सामान्य विन्दुमा हरियो हुँदा पनि जलविद्युत समुहको परिसुचक उच्च अंकले बढ्दा बजार हरियो हुन पुगेको थियो ।
पछिल्लो समय सेयर बजार फण्डामेन्टल्ली भन्दा पनि हल्लाको भरमा चल्दा लगानीकर्ता समेत अन्यौलमा परेका छन् । बार्षिक २०÷२५ प्रतिशत लाभांश दिने बैंकको वृद्धि एकदिन पनि टिक्न नसक्ने तर २० औं बर्षसम्म लगानीकर्तालाई कुनै लाभांस नदिएको जलविद्युत समुहका कम्पनीले दैनिक उकालो लागेर सर्किट हान्न थालेपछि ठूला लगानीकर्ताहरु नै अन्यौलमा परेका छन् । ‘यस पटकको बजारको बुल भनेकै जलविद्युत समुहको सेयरमा देखियो,’ एक ठूला लगानीकर्ताले भने, ‘राम्रा प्रतिफल दिने बैंकिङ समुहको सेयर मुल्य १÷२ बढ्यो कि बजारमा उच्च सप्लाई आएर वृद्धि टिक्नै सक्दैन तर जुन कम्पनीको सेयर सप्लाई बजारमा कम छ त्यसमा लगानीकर्ताको आकर्ष उच्च देखियो ।’
पछिल्लो समय सेयर बजारमा इन्भेष्टरभन्दा पनि ट्रेडर हाबी हुँदा बजार लगानीकर्ताको सोचाईभन्दा विपरित तरिकाबाट बढिरहेको समेत उनको भनाई थियो । ‘प्राविधिक रुपमा विश्लेषण गरेर लगानी गर्ने हो भने कुनै अहिले बढिरहेका कुनै पनि कम्पनीको सेयर मुल्यले त्यसलाई सपोर्ट गर्दैन,’ ती लगानीकर्ताले भने, ‘तर बजारमा अहिले जलविद्युत कम्पनीले हकप्रद निष्काशन गर्ने हल्लाले सेयर मुल्य उच्च बढाइएको छ जुन पुँजी बजारको लागि घातक हो ।’ यसले धेरै लगानीकर्तालाई विचल्ली बनाउने समेत उनको तर्क थियो । पछिल्लो समय बजारमा जलविद्युत समुहका कम्पनीमात्रै बढिरहदा अबका दिनमा आफ्नो लगानीलाई कसरी म्यानेज गर्ने भन्ने विषयमा समेत लगानीकर्तामा अन्यौलता सिर्जना भएको छ ।
अहिले बजारमा कम सेयर भएका कम्पनीमा मात्रै खेल्ने काम भइरहेको र यो बजारको विकासका लागि राम्रो नभएको ठूला सेयर लगानीकर्ता ज्ञानेन्द्रलाल प्रधान बताउँछन । ‘अहिले लगानीकर्ताले चालि चालि दोस्रो बजारमा कम सेयर भएका कम्पनीको मुल्य उचारिहेका छन्,’ उनले भने, ‘आईपी ल्याउन प्रोत्साहनको नाममा बजारमा कम्पनीहरुलाई १० प्रतिशत मात्रै सेयर जारी गर्न दिँदा अहिले विकृति आएको छ ।’
साताको पहिलो दिन लगानीकर्ताको आकर्षण जलविद्युत कम्पनीहरुमै देखियो । नेप्से बन्दा हुँदा जलविद्युत समुहका २ ओटा कम्पनीले सर्किट हानेका थिए भने उच्च मुल्य बढ्नेको सूचीमा पनि जलविद्युत समुहका कम्पनीहरुनै रहेका छन् । यसैगरी कोरोबार रकमको आधारमा पनि जलविद्युत समुहका कम्पनीहरुले अरुलाई पछि पारेका छन् ।
आईतबार अपि पावर र युनिभर्सल पावरले सर्किट हान्यो भने यिनै कम्पनीका सेयरको माग बजारमा उच्च रहेको थियो । कारोबारको आधारमा पनि टपटेन कम्पनीको सूचीमा जलविद्युत नै रहेका छन् । आईतबार सामान्य रुपमा बढेको बजारमा १४ अर्ब ३० करोड रुपैयाँभन्दा बढिको सेयर कारोबार भएको छ । जसमा २२७ कम्पनीको २ करोड ६९ कम्पनीको सेयर खरिदबिक्री भएको छ ।