Logo

राष्ट्रियसभामा बामदेव गौतमको प्रस्ताव : जग्गासम्बन्धी झमेला धेरै भयो, अब सबै जग्गा सरकारले आफ्नो नाममा गर्नुपर्छ

राष्ट्रियसभामा बामदेव गौतमको प्रस्ताव : जग्गासम्बन्धी झमेला धेरै भयो, अब सबै जग्गा सरकारले आफ्नो नाममा गर्नुपर्छ



काठमाडौं । एमाले उपाध्यक्ष बामदेव गौतमले अब सबै व्यक्तिगत जग्गाजमिन सरकारले अधिग्रहण गर्नुपर्ने प्रस्ताव राखेका छन् । आईतबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले सबै जग्गाजमिन सरकारले आफ्नो स्वामित्वमा राख्नुपर्ने बताएका हुन् । उनका अनुसार जमिनलाई सम्पत्ति मान्ने प्रचलनले भुमि, आयोग, सुकुम्बासी आयोगलगायतका आयोगहरु जन्मिरहने र यसले अझैँ भाडभैलो मच्चाउने भन्दै यस्तो प्रस्ता राखेका हुन् ।

नेपालभरीको जग्गामा सरकारको हक लाग्ने हुनाले नै कुनैपनि स्थानको जग्गा सरकारले अधिग्रहण गर्न सक्ने उनको राय थियो । यसअघिको केपी शर्मा ओलीको सरकारले देशभरका सुकुम्बासीहरुलाई जग्गा उपलब्ध गराउने भन्दै भुमि आयोग गठन गरेको थियो ।

तर, नयाँ सरकार आउनेवित्तीकै उक्त आयोगलाई खारेज गरिदिएको छ । जसका कारण केही पक्ष यसका विरुद्ध सडक आन्दोलनमै उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL