Logo

कक्षा १२ को परीक्षा स्थगित, फेरि कार्यविधि बनाएर भौतिक रुपमै परीक्षा लिइने

कक्षा १२ को परीक्षा स्थगित, फेरि कार्यविधि बनाएर भौतिक रुपमै परीक्षा लिइने



काठमाडौ । यस वर्षको कक्षा १२ को परीक्षा स्थगित भएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार कोरोना महामारीको जोखिम बढेको भन्दै सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो ।

शनिबार राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिएको छ । यद्यपि परीक्षा स्थगित भएपनि फेरि कार्यविधि बनाएर भएपनि भौतिक रुपमै परीक्षा लिइने पनि बोर्डले बताएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना सङ्क्रमण फैलँदै गएको परिस्थितिमा चार लाख विद्यार्थीको जीवनरक्षाप्रति संवेदनशील रहेको उल्लेख गर्दै परीक्षा स्थगन गर्न सिफारिस गरिएको बताएका थिए । यसअघि गएको जेठ २६ गतेका लागि तय भएको परीक्षा बोर्डले स्थगित गरेको थियो ।

मन्त्रालयले सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई शुक्रबार सिफारिस गरिएको राज्यमन्त्री श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए । यही साउन ३१ गतेदेखि शुरु गर्ने तयारी भएको कक्षा १२ को परीक्षामा झण्डै चार लाख विद्यार्थी सहभागी हुँदै थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL