Logo

स्वास्थ्य मन्त्रालयको सिफारिसपछि कक्षा १२ को परीक्षा स्थगनको तयारी, आजै बोर्ड बैठक बसेर निर्णय लिने

स्वास्थ्य मन्त्रालयको सिफारिसपछि कक्षा १२ को परीक्षा स्थगनको तयारी, आजै बोर्ड बैठक बसेर निर्णय लिने



काठमाडौं । कोरोना सङ्क्रमण बढेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न सिफारिस गरेको छ ।

यससँगै साउन ३१ देखि हुने तय भएको कक्षा १२ को परीक्षा स्थगि हुने सम्भावना बढेको छ । मन्त्रालयले परीक्षा स्थगित गर्न सिफारिस गरेपछि सोबारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्दैछ। कोरोना सङ्क्रमण बढ्दै गएकाले कक्षा १२ सहितका अरु परीक्षा रोक्न मन्त्रालयले शुक्रबार सिफारिस गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना सङ्क्रमण फैलँदै गएको परिस्थितिमा चार लाख विद्यार्थीको जीवनरक्षाप्रति संवेदनशील रहेको उल्लेख गर्दै परीक्षा स्थगन गर्न सिफारिस गरिएको बताए । परीक्षाबारे आज निर्णय हुने बोर्डले जनाएको छ । यसअघि गएको जेठ २६ गतेका लागि तय भएको परीक्षा बोर्डले स्थगित गरेको थियो ।

मन्त्रालयले सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई शुक्रबार सिफारिस गरिएको राज्यमन्त्री श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । यही साउन ३१ गतेदेखि शुरु गर्ने तयारी भएको कक्षा १२ को परीक्षामा झण्डै चार लाख विद्यार्थी सहभागी हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL