Logo

नेपालमा थप ३९ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि, ३७ जनाको मृत्यु

नेपालमा थप ३९ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि, ३७ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ९ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८ सय ७० पीसीआर परीक्षणमा ३ हजार ७ जना र ६ हजार ५ सय ३८ एन्टिजेन परीक्षणमा ९ सय ३१ जना गरी ३ हजार ९ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ हजार १२ रहेको छ भने ३७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्