Logo

जापानले अनुदानमा दिने खोप आइतबारसम्म नेपाल आउँदै, दोश्रो डोज पर्खिरहेका वृद्धहरुलाई लगाइने

जापानले अनुदानमा दिने खोप आइतबारसम्म नेपाल आउँदै, दोश्रो डोज पर्खिरहेका वृद्धहरुलाई लगाइने



काठमाडौं । जापान सरकारको सहयोगमा कोभिड–१९ विरुद्धको आठ लाख डोज एस्ट्राजेनेका खोप आगामी आइतबारसम्म नेपाल आइपुग्ने भएको छ ।

नेपालस्थित जापानी दूतावासले बुधबार १६ लाखमध्येको आधा खोप आइतबारसम्म नेपाल आइपुग्ने जानकारी गराएको हो । जापान सरकारको अनुदान सहयोगमा आउन लागेको बाँकी आधा भ्याक्सिन भने त्यसपछि आउने दूतावासले जनाएको छ ।

एस्ट्राजेनेकाको यो खोप यस अघि कोभिशिल्ड खोपको पहिलो डोज लगाएका ७० वर्षमाथिको उमेर समुहलाई लगाइने सरकारले तयारी गरेको छ । भारतबाट खोप नआएपछि दोस्रो डोज खोप लगाउन नपाएका करिब १४ लाख रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्