Logo

मल कारखाना स्थापनाको अध्ययन गरिदै, लगानी बोर्ड र आइडेकबीच अध्ययनको सम्झौता

मल कारखाना स्थापनाको अध्ययन गरिदै, लगानी बोर्ड र आइडेकबीच अध्ययनको सम्झौता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालमा मल कारखाना स्थापनाका लागि लगानी बोर्ड र भारतीय परामर्शदाता कम्पनी इन्फ्रस्टक्चर डेभलपमेन्ट कर्पोरेसन ९आइडेक० वीच सम्झौता भएको छ ।

शुक्रवार एक कार्यक्रमवीच परामर्शदाता कम्पनीका पदमानभन नैर र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले सम्झौतपत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार कम्पनीले करारमा हस्ताक्षर गरेको मितिबाट १२ महिनाभित्र विस्तृत अध्ययनको प्रतिवेदन बुझाउनुपर्ने छ । करार अन्तर्गत कम्पनीले नेपालमा रसायनिक मल कारखाना स्थापनाको सम्भाव्यता,स्थापना भए पश्चातको आर्थिक तथा वित्तीय लाभ विश्लेषण, रसायनिक मल कारखाना स्थापना गर्ने उपयुक्त प्रविधिलगायत अधययन गर्ने छ ।

त्यस्तै रोजगारी सृजना तथा वातावरणीय प्रभाव मूल्यांकनलगायतका विषयमा अध्ययन गर्ने बताइएको छ । नेपालमा बार्षिक ५ लाख टनको रासायनिक मलको माग रहेको सरकारी आंकडा छ । त्यस्तै बार्षिक २ लाख देखि ३ लाख टन आयात हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL