Logo

एकैदिन ४१ सय ७ जनामा कोरोना संक्रमण पुष्टि, ३५ जनाको मृत्यु

एकैदिन ४१ सय ७ जनामा कोरोना संक्रमण पुष्टि, ३५ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४ हजार १ सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३ सय ५४ नमुनाको पीसीआर परीक्षण गर्दा २ हजार ९ सय ७५ जना र ४ हजार ९ सय ४४ जनाको एन्टीजेन परीगक्षण गर्दा ४, हजार ७ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कुल सक्रिय संक्रमितको संख्या ३३ हजार ४ सय ६४ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणकै कारण ३५ जनाको मृत्यु भएको छ भने १ हजार ५ सय ३५ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्