Logo

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ३ सयले घटेर प्रतितोला ९२ हजारमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार छापावाला सुन तोलाको ९२ हजार ३ सयमा नै कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रहेको छ ।

त्यसैगरी चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले बढेर प्रतितोला १२८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL