Logo

साउन २२ गतेदेखि देशभर भेरोसेलको दोस्रो डोज, २१ दिन पुगेका सबैलाई खोप लगाइने

साउन २२ गतेदेखि देशभर भेरोसेलको दोस्रो डोज, २१ दिन पुगेका सबैलाई खोप लगाइने



काठमाडौं । साउन २२ गतेदेखि देशभर कोभिड–१९ विरुद्धको भेरोसेलको दोस्रो डोज खोप लगाइने भएको छ । गएको असार २९ देखि सञ्चालन गरिएको खोप अभियानमा ५५ वर्ष वा सोभन्दा माथिका व्यक्तिहरूलाई भेरोसेलको पहिलो डोज खोप लगाएका हरुलाई साउन २२ गतेदेखि दोस्रो डोज खोप लगाइने भएको हो ।

पहिलो डोज खोप लगाएको २१ दिन पुगेका सबै व्यक्तिहरूलाई दोस्रो डोज खोप दिन लागिएको स्वास्थ्य विभागले जानकारी दिएको छ ।

स्वास्थ्य सेवा विभागले सातवटै प्रदेश स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई खोप अभियान सञ्चालन गर्न निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL