काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीमाथि जनकपुरको जानकी मन्दिरमा पुस १ गते भएको दुर्व्यवहारको छानबिन गर्न गृहमन्त्रालयले एक छानबिन समिति गठन गरेको छ ।
मन्त्रालयले सोमवार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्ते जानकारी दिएको हो ।
छानबिन समितिमा गृहमन्त्रालयका सहसचिव विनोद केसीको नेतृत्वमा ४ सदस्यीय टोली गठन गरेको छ । उक्त छानबिन टोलीका सदस्यमा प्रहरी नायब महानिरीक्षक हेमन्तबहादुर पाल, सशस्त्र प्रहरी नायब महानिरीक्षक अरविन्द धिताल र अनुसन्धान निर्देशक यदुलाल खरेल छन् ।
सो समितिलाई सात दिनभित्र घटनाको छानबिन गरी गृहमन्त्रालयमा पेश गर्न निर्देशन दिएको विज्ञप्तीमा उल्लेख छ ।