Logo

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मुल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ३ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार पनि छापावाला सुन तोलाको ९२ हजार ३ सयमा नै कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रहेको छ ।

त्यसैगरी चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले घटेर प्रतितोला १२७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL