Logo

पूर्ननिर्माणका लागि जापानले २६ अर्व सहयोग गर्ने ,सोमवार सम्झौतापत्रमा हस्ताक्षर

पूर्ननिर्माणका लागि जापानले २६ अर्व सहयोग गर्ने ,सोमवार सम्झौतापत्रमा हस्ताक्षर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । जापान सरकारले भूकम्पपछीको पूर्ननिर्माणका लागि नेपाललाई २६ अर्व १९ करोड ऋण तथा अनुदान सहयोग गर्ने भएको छ । सोमवार अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रमबीच जापान र नेपाल सरकारका प्रतिनिधिवीच यस्तो सम्झौता भएको हो । सहयोग सम्बन्धि पत्रमा अर्थसचिव लोकदर्शन रेग्मी र नेपालका लागी जापानी राजदुत माशासी ओगावाबीच हस्ताक्षर भयो ।

त्यस्तै ऋण सहयोगका लागि अर्थमन्त्रालयका मन्त्रालयका सहसचिव मधुमराशिनी र जाइकाका सुतुमो सिमिजुले सम्झौतपत्रमा हस्ताक्षर भएको थियो ।
जापान सरकारले पूर्ननिर्माणका लागि विभिन्न ३ परियोजनामार्फत सहयोग गर्न लागेको बताइएको छ ।

जसमध्ये जापानले १४ अर्व विद्यालय पूर्ननिर्माणका लागि सहयोग गर्ने छ । जसअन्तर्गत भुकम्पले क्षतीग्रस्त विद्यालयहरुको वूर्ननिर्माण गरिने छ । त्यस्तै भूकम्प पीडितका क्षतीग्रस्त घर पूर्ननिर्माणका लागि १२ अर्व जापानी येन प्रदान गरिने बताइएको छ ।

जापानले ४ अर्व येन अनुदान अस्पताल पूनर्निमाण, खानेपानी परियोजना पूर्नस्थापनाका लागि सहयोग गर्ने जानकारी दिएको छ । जापानले गोरखाको बाह्रकिलो वारपाक सडकखण्डमा पुल निर्माण गरिने बताइएको छ ।

सो अवसरमा राजदुत माशासी ओगावाले जापानले एउटा असल छिमेकीको नाताले सहयोग गरेको बताए । त्यस्तै भूकम्प प्रतिरोधी विद्यालय भवन निर्माणमा ऋण उपलब्ध गराउन लागिएको जानकारी दिए ।

उनका अनुसार नेपालका धादिङ, गोरखालगायत ६ ओटा बढी भुकम्प प्रभावित जिल्लामा विद्यालय निर्माण गर्न लागिएको हो । सो अवसरमा नेपाली जनताले इन्धन, खाद्यन्न तथा अत्यावश्यक वस्तुको अभाव बेहोर्नुपरेकोमा दुःख व्यक्त गरे । जापानले सच्चा छिमेकीको रुपमा नेपाललाई गर्ने सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए ।

साथै आजको सम्झौताले दुई देशपीचको सम्बन्धलाई अझ वलियो बनाउने तथा पूर्ननिर्माणमा सहयोगको अपेक्षा रहेको बताए । कार्यक्रममा अर्थ सचिव रेग्मीले जापानको सहयोगले भूकम्पपीडितलाई राहत पुग्ने बताए । अर्थमन्त्री बिष्णुप्रसाद पौडेल उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL