Logo

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका ३१ सय २५ संक्रमित, २३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका ३१ सय २५ संक्रमित, २३ जनाको मृत्यु



काठमाडों । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार १ सय २५ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २ हजार २ सय ७९ जना र एन्टिजेन परिक्षण गर्दा ८ सय ४६ जना गरि जम्मा ३ हजार १ सय २५ जना नयाँ संक्रमित थपिएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ९ सय २५ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या २३ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ९८ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्