Logo

सबै नेपालीले चैत मसान्तसम्म कोरोनाविरुद्धको खोप लगाइसक्ने, एक करोड ५० लाख डोज खोप खरिदको सम्झौता भइसकेको सरकारको दाबी

सबै नेपालीले चैत मसान्तसम्म कोरोनाविरुद्धको खोप लगाइसक्ने, एक करोड ५० लाख डोज खोप खरिदको सम्झौता भइसकेको सरकारको दाबी



काठमाडौँ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोनाविरुद्धको एक करोड ५० लाख डोज खोप खरिदको सम्झौता भएको जानकारी दिएका छन् ।

राज्यमन्त्री श्रेष्ठले आफ्ना सय दिनका कार्यक्रम घोषणा गर्दै आफुले राज्यमन्त्रीको पद सम्हालेपछि वयस्क तथा किशोर–किशोरी समेतलाई लक्षित गरी मोडर्ना खोप ४० लाख र जोनसोन एण्ड जोनसोन खोप ५० लाख, फाइजर ४० लाख र अस्ट्राजेनिका २० लाख गरी कुल १ करोड ५० लाख मात्रा खरिद सम्झौता भइसकेको जानकारी गराएका छन् ।

उनले एक तिहाई नागरिकलाई असोज मसान्त र सम्पूर्ण नेपाली नागरिकलाई चैत मसान्तसम्म खोप लगाइसक्ने र नेपाली जनताको जीवन रक्षा गर्नु आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन् ।

राज्यमन्त्री श्रेष्ठले कोभिड–१९ को उपचारका लागि पूर्वाधारको विस्तार, जनशक्ति व्यवस्थापन, पीपीई लगायत अत्यावश्यक सामग्रीको व्यवस्थापन गरिएको र अतिरिक्त जनस्वास्थ्यकर्मीहरू परिचालन गरी कोभिड–१९ को एन्टीजेन र पीसीआर परीक्षणको दायरा व्यापक विस्तार गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL