Logo

राज्यमन्त्री श्रेष्ठले सरकारी सेवा सुबिधा नलिने, सम्पूर्ण व्यावसायिक संस्थाबाट राजीनामा पनि दिने

राज्यमन्त्री श्रेष्ठले सरकारी सेवा सुबिधा नलिने, सम्पूर्ण व्यावसायिक संस्थाबाट राजीनामा पनि दिने



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले राज्यमन्त्रीको रुपमा आफ्नो १०० दिने कामको कार्ययोजना सार्बजनिक गर्दै सरकारी सेवा सुबिधा नलिने घोषणा गरेका छन्‌ ।

सोमबार राज्यमन्त्री श्रेष्ठले मन्त्रालयमा आफ्नो १०० दिनको कार्ययोजना सार्वजनिक गर्दै सरकारले दिने सुरक्षासम्बन्धी बाहेक अन्य कुनै पनि सुविधा नलिने घोषणा गरेका हुन्‌ । श्रेष्ठले आफ्नो कार्यकालमा कोरोनाविरुद्धको खोप व्यवस्थापनमा बढी जोड दिने बताएका छन् ।

राज्यमन्त्री श्रेष्ठले सुरक्षाकर्मी बाहेक आवास, गाडी र तलबभत्ता नलिने बताएका छन् । साथै राज्यमन्त्री रहञ्जेल आफू संलग्न रहेको व्यावसायिक संस्थाबाट राजीनामा दिने पनि श्रेष्ठले घोषणा गरेका छन् ।

स्वास्थ्य क्षेत्रमा लगानी गरेको व्यक्तिलाई नै स्वास्थ्य राज्यमन्त्री बनाएको भन्दै श्रेष्ठको नियुक्तिको आमरुपमा विरोध भइरहेको छ । सत्तारुढ गठबन्धनमा रहेका दलहरुले समेत श्रेष्ठको नियुक्तिमा असन्तुष्टि जनाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले समेत गल्ति भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL