Logo

लगानीको वातावरण बनाउन ब्रिटेन चेम्बरको आग्रह, बेलायतसँगको दोहोरो कर हट्ने थापाको भनाइ

लगानीको वातावरण बनाउन ब्रिटेन चेम्बरको आग्रह, बेलायतसँगको दोहोरो कर हट्ने थापाको भनाइ


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बेलायती व्यवसायीहरुले परराष्ट्रमन्त्री थापालाई नेपालमा लागनीको बातावरण बनाउन आग्रह गरेका छन् । आफुहरु नेपालमा लगानी गर्न इच्छुक रहेको तर सोही अनुरुप लगानीको वातावण नभएको भन्दै उनीहरुले सो आग्रह गरेका हुन् ।

ब्रिटेन नेपाल चेम्बर अफ कमर्श (बीएनसीसी)को टोलीले उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापालाई भेटी सो कुरा आग्रह गरेका हुन् । भेटमा राजनीतिक अस्थिरताका कारण नेपालमा विदेशी लगानी भित्र्याउन कठिनाई हुनुका साथै स्थापित विदेशी कम्पनीहरुलाई समेत दक्ष कामदार झिकाउदा हुने वर्क प्रमिटको झमेलाका बारेमा परराष्ट्रमन्त्री थापाको ध्यानाकर्षण गराइएको बीएनसीसीका अध्यक्ष राजेन कँडेलले बताए ।

कँडेलले बेलायत र नेपालबीच सन् १९९३ मार्च २ मा भएको दोहोरो करले लागीनमा अप्ठ्यारो परेको बताउँदैं नेपाल र बेलायतबीच भएको विप्पा सम्झौताको परिमार्जन गर्न आग्रह गरे । टोलीले नेपालमा जारी भारतीय नाकाबन्दीको असरका बारेमा समेत छलफल गरेको थियो । यता परराष्ट्र मन्त्री थापाले भने दोहोरो कर हटाउने सम्बन्धमा बेलायत सरकारसँग छलफल भइरहेको र यस विषयमा चाँडै नै टुङ्गो लाग्ने जानकारी दिए ।

भेटवार्तामा बीएनसीसीको तर्फबाट अध्यक्ष राजेन कँडेल, सिईओ रिचार्ड पेली, महन्त श्रेष्ठ, विराज भट्ट, प्रशान्त कुँवर लगायतको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL