Logo

प्रतितोला ५ सयले घट्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

प्रतितोला ५ सयले घट्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (आइतबा।र) सुनको मूल्य घटेको छ । अघिल्लो दिन अर्थात शुक्रबार प्रतितोला ९२ हजार ९०० रुपैंयामा कारोबार भएको सुन आज तोलामा ५०० रुपैंयाले घटेर प्रतितोला ९२ हजार ४०० रुपैंयामा कारोबार भइरहेको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य भने आज ९१ हजार ९०० रहेको छ । यस्तै, चाँदीको मुल्य भने स्थिर रहेर प्रतितोला १ हजार २८५ रुपैंयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL