Logo

के ‘डेल्टा भेरियन्ट’ पूरा डोज खोप लगाएका मानिसहरुका लागि पनि खतरा बन्न सक्छ ?

के ‘डेल्टा भेरियन्ट’ पूरा डोज खोप लगाएका मानिसहरुका लागि पनि खतरा बन्न सक्छ ?



काठमाडौं । पछिल्लो समय कोरोना भाइरसको ‘डेल्टा भेरियन्ट’ भारत, नेपाललगायत धेरै देशहरुमा तीब्र रुपमा फैलिरहेको छ । कोरोनाको उदगम स्थल चीनमा विश्वका अन्य मुलुकमा जस्तै कोभिड–१९ को नयाँ प्रकार ‘डेल्टा भेरिएन्ट’ बाट संक्र्रमितको संख्याामा अचानक वृद्धि भइरहेको पाइएको छ ।

अमेरिकामा डेल्टा भेरियन्ट फैलिएसँगै अमेरिकाको जनस्वास्थ्य केन्द्र (सिडिसी) पूरा डोज खोप लगाएकालाई पनि पुनः मास्क प्रयोग गर्न आग्रह गरेको छ । यसअघि अमेरिकामा पूरा डोज खोप लगाएकालाई मास्क लगाउनु नपर्ने गरि नियम परिवर्तन गरिएको थियो ।

सिडिसीले पूर्ण खोप लगाएकालाई डेल्टा भेरियन्ट नियन्त्रण र रोकथामका लागि संक्रमण फैलाउन रोक्न पूर्ण खोप लगाएकालाई मास्क लगाउन सिफारिस गरेको छ । मास्कबारेको नयाँ मार्गदर्शन डेल्टा भेरियन्ट वृद्धि र सक्रमणको उच्च प्रसारको कारण आएको हो । कोरोनाका अन्य भेरियन्टभन्दा डेल्टा बढी संक्रामक र गम्भीर भएको कोरोनासम्बन्धमा अध्ययन गरिरहेका वैज्ञानिकहरुले पुष्टि गरिसकेका छन् ।

आपतकालीन चिकित्सा डाक्टर तथा बाल्टिमोरका पूर्व स्वास्थ्य आयुक्त डा लीना वेनले सीडीसीले पहिले मास्क लगाउनु नपर्ने मार्गदर्शन धेरै छिटो जारी गरेको बताउँदै अब कोरोनाभाइरस खेलको प्रकृति परिवर्तन भएको बताइन । उनले भनिन–‘जसले खोप लगाएका मानिसहरुलाई समेत गम्भीर समस्यामा पार्नेछ । दुर्भाग्यवश, हामी अहिले यस्तो अवस्थामा छौं जहाँ खोप लगाएकाहरुलाई खोप नलगाइएका कार्यहरुको मुल्य तिर्नु परेको छ ।’

तर, वेनले नयाँ भेरियन्ट फैलिनु भ्याक्सिनहरु प्रभावकारी नभएको कारणले नभएको बताउँदै खोप नलगाएका र उच्च संक्रमित मानिसहरु जो हाम्रो वरिपरि छन् त्यसका कारण खतरा भएको बताइन । वेनले मानिसहरुलाई कोभिड–१९ को खोप लिन सुझाव दिदैं खोपले जीवनलाई सामान्य बनाउन सक्ने बताइन । ‘वास्तवमा कोभिड खोपसुरक्षित, प्रभावकारी, जीवन बचाउन र जनताको स्वास्थ्यको लागी आवश्यक छ । जसरी अन्य रोगका लागि अन्य खोपहरु आवशयक छन्’, डा वेनले भनिन् ।

विश्वका १३२ देशमा फैलियो डेल्टा : डब्लुएचओ

विश्वभरी कोरोना भाइरसबाट संक्रमितको साप्ताहिक संख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशत बृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन् । त्यसहप्ता ३८ लाख मानिस कोरोनाभाइरसबाट संक्रमित भएका थिए । संयुक्त राष्ट्रसंघको स्वास्थ्यसम्वन्धी निकायको रुपमा रहेको विश्व स्वास्थ्य सङ्गठनले कतिपय क्षेत्रमा ३० प्रतिशतसम्म संक्रमितको संख्यामा बृद्धि भएको जनाएको छ ।

पछिल्लो हप्ता दैनिक विश्वभरि पाँच लाख ४० हजार संक्रमित भएका छन् । त्यसअघि चार लाख ९० हजार औसतमा दैनिक संक्रमित भएको डब्लएचओको भनाई छ । त्यसैगरी अघिल्लो हप्ताको तुलनामा गत हप्ता मृत्यु भएकाहरुको संख्यामा पनि थोरै बृद्धि भएको डब्लुएचओका अधिकारीहरुले जनाएका छन् । डब्लुएचओले विश्वका १३२ देशमा कोरोनाभाइरसको डेल्टा भेरियन्ट फैलिएको पनि जानकारी दिएको छ । त्यसैगरी अल्फा भेरियन्ट १८२ देशमा, बेटा भेरियन्ट १३१ देशमा र गाम्मा भेरियन्ट ८१ देशमा पुगेको पनि डब्लुएचओले जनाएको छ ।

संक्रमितहरुको कुल संख्याका आधारमा अमेरिका सवैभन्दा अगाडि रहेको छ भने भारत, ब्राजिल, रुस, फ्रान्स, बेलायतलगायतका देशहरुले क्रमशः अमेरिकालाई पछ्याइरहेका छन् । कतिपय देशहरुमा कोरोनाभाइरसको चौथो चरणको महामारीसमेत सुरु भएको छ ।

https://www.deseret.com बाट अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL