Logo

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका ३८ सय ४० संक्रमित, काठमाडौंका ५५९ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका ३८ सय ४० संक्रमित, काठमाडौंका ५५९ जनामा संक्रमण पुष्टि



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ८ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १० हजार ८ सय ८६ पीसीआर परीक्षण गर्दा २ हजार ६ सय ३४ जनामा र ४ हजार ९ सय २२ एन्टिजेन परीक्षणमा १ हजार २ सय ६ जना गरी ३ हजार ८ सयउ ४० जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै आज ८ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौं जिल्लामा ५ सय ५९, ललितपुरमा २ सय ६ र भक्तपुरमा ९४ जना संक्रमित भेटिएका हुन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्