Logo

सुनको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजामा आज (बुधबार) सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ३ सयले बढेर प्रतितोला ९२ हजार १ सयमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार छापावाला सुन तोलाको ९१ हजार ८ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्यमा भने गिरावट आएको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १२५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL