Logo

नेपालमा भेटियो कोरोनाको नयाँ भेरियन्ट, ‘डेल्टा’पछि भेटियो ‘कप्पा’

नेपालमा भेटियो कोरोनाको नयाँ भेरियन्ट, ‘डेल्टा’पछि भेटियो ‘कप्पा’



काठमाडौं । नेपाल डेल्टा भेरियन्टपछि कोरोनाको नयाँ भेरियन्ट देखा परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै कप्पा नामक नयाँ भेरियन्टछ पत्ता लागेको जानकारी दिएको छ । मन्त्रालयका अनुसार ४७ ओटा नमुना भारतमा सिक्वेन्सको लागि पठाईएकामध्ये ३ जनामा कप्पा नामक भेरियन्ट देखा परेको हो ।

मन्त्रालयले गत जेठ महिनाको मध्येदेखि असार मसान्तसम्म विभिन्न उमेर समुहका संक्रमितबाट कोरोना भाईरसको नमुना परिक्षण गरेको थियो । जसको सिक्वेन्सीङका लागि विश्व स्वास्थ्य संगठनको मान्यता प्राप्त भारतको ईन्स्टिच्युट अफ जेनोमिक्स एण्ड ईन्टरग्रेटिभ बायोलोजीमा पठाएको थियो ।

मन्त्रालयले नयाँ भेरियन्टले सबै उमेरसमुहका नागरिकहरुलाई उत्तिकै मात्रामा असर पार्ने बताएको छ । जसका कारण नागरिकहरुले सचेत रहनसमेत मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्