Logo

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका ३८ सय ९९ जना संक्रमित, २० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका ३८ सय ९९ जना संक्रमित, २० जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १२ हजार ६५५ पीसीआर परीक्षण गर्दा २ हजार ७२६ जना र ४ हजार ८६३ एन्टिजेन परीक्षण गर्दा १ हजार १७३ गरी ३ हजार ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ भने १ हजार ७ सय७८ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्