Logo

सुनको मूल्य घट्यो, प्रतितोला ९१ हजार ८ सयमा कारोबार हुँदैं

सुनको मूल्य घट्यो, प्रतितोला ९१ हजार ८ सयमा कारोबार हुँदैं



काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ३ सयले घटेर प्रतितोला ९१ हजार ८ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार छापावाला सुन तोलाको ९२ हजार १ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १२७० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL