Logo

प्रधानमन्त्री देउबाले बोलाए मन्त्रिपरिषद बैठक, समसामयिक विषयमा छलफल हुने

प्रधानमन्त्री देउबाले बोलाए मन्त्रिपरिषद बैठक, समसामयिक विषयमा छलफल हुने



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे बस्न लागेको हो ।

बैठक नियमित कार्यसूचीमा बस्न लागेको र समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ । आइतबार मात्रै प्रधानमन्त्री देउवाले काँग्रेस सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

प्रधानमन्त्री बनेको दुई सातापछि देउवाले राज्यमन्त्री थप्दै मन्त्रिपरिषद विस्तार गरेका हुन् । पाँचदलीय गठबन्धनभित्र मन्त्रीको बाँडफाँट र पार्टीका विवाद नमिलेको हुनाले मन्त्रिपरिषद विस्तार गर्न ढिलाइ भएको छ ।

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले माधवकुमार नेपाल पक्षलाई सरकारमा समेट्ने तयारी गरेपनि नेपाल पक्ष ठोस निष्कर्षमा पुग्न नसक्दा मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL