काठमाडौं । नेपाल आयल निगमले आइतवार उपत्यका र आसपासका ४० वटा पम्पबाट पेट्रोल तथा डिजल वितरण गर्ने भएको छ ।
निगमले आज विभिन्न पम्पमार्फत ४२ हजार लिटर पेट्रोल वितरण गर्न लागेको हो । आइतवार अत्यावश्यक सवारीसाधनका लागि पेट्रोल दिन लागेको बताइएको छ ।
त्यस्तै सार्वजनिक सवारी साधनले नयाँ व्यवस्थाअनुसार ४० वटा पम्पबाट तेल पाउने छन्।