Logo

सुनको मूल्य घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा १ सयले घटेर प्रतितोला ९२ हजारमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार छापावाला सुन तोलाको ९२ हजार १ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी तोलामा १० रुपैँयाले घटेर प्रतितोला १२७० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL