Logo

हेटौँडा सिमेन्ट उद्योगले बेच्यो एक वर्षमा एक अर्ब ४० करोड बढीको सिमेन्ट, लक्ष्य प्राप्तिमा भने असफल

हेटौँडा सिमेन्ट उद्योगले बेच्यो एक वर्षमा एक अर्ब ४० करोड बढीको सिमेन्ट, लक्ष्य प्राप्तिमा भने असफल



काठमाडौ । हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ मा कूल एक अर्ब ४० करोड ३३ लाख ९९ हजार ४४.१५ पैसा बराबरको सिमेन्ट बिक्री गरेको जनाएको छ । सो आवमा कूल १८ लाख ५३ हजार ७६४ बोरा सिमेन्ट बिक्रीबाट सो बराबरको आर्थिक कारोवार गरेको हेटौँडा सिमेन्ट उद्योगले जनाएको छ । 

उक्त आवमा कूल ३१ लाख २० हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य भए पनि कोरानाको असहज परिस्थिति, पुरानो मेसिनरी उपकरण र पटक–पटक मर्मतसम्भार गर्नुपर्दा लक्ष्यअनुसार सिमेन्ट उत्पादन हुन नसकेको उद्योगले जनाएको छ । 

उद्योगका अनुसार वि.सं २०७७ साउन महिनामा एक लाख ५१ हजार १८३ बोरा सिमेन्ट बिक्री भएको देखिन्छ भने भदौमा एक लाख ३९ हजार ९६६ बोरा र असोजमा एक लाख ३२ हजार ७९६ बोरा सिमेन्ट बिक्री भएको उद्योगको बिक्री महाशाखाले जनाएको छ । 

यसैगरी २०७७ कात्तिकमा एक लाख एक हजार ९९३ बोरा, मङ्सिरमा एक लाख ४१ हजार ३७० बोरा र पुसमा एक लाख ८४ हजार ३३९ बोरा सिमेन्ट उद्योगबाट बिक्री भएको देखिन्छ ।
 
उद्योगका अनुसार वि.सं २०७७ को माघमा एक लाख ५० हजार ५९८ बोरा, फागुनमा एक लाख ६४ हजार ७०९ बोरा सिमेन्ट बिक्री भएको छ भने चैतमा दुई लाख सात हजार ८१३ बोरा सिमेन्ट बिक्री भएको देखिन्छ । 

विसं २०७८ वैशाखमा दुई लाख ३० हजार ८८ बोरा, जेठमा एक लाख २६ हजार ५३१ बोरा र असारमा एक लाख २२ हजार ५३१ बोरा सिमेन्ट बिक्री भएको उद्योगको बिक्री महाशाखाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
MBL