Logo

सामूहिक कृषि सहकारीको १५ औं साधारणसभा सम्पन्न,स्थानीयले गरे २० लाख बराबरको जग्गा दान

सामूहिक कृषि सहकारीको १५ औं साधारणसभा सम्पन्न,स्थानीयले गरे २० लाख बराबरको जग्गा दान


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । श्री सामूहिक कृषि उत्पादन सहकारी संस्था लिमिटेडको १५औं साधारण सभा सम्पन्न भएको छ । सभाको राष्ट्रिय सहकारी बोर्डका सहअध्यक्ष सरोज शर्माले उद्दघाटन गरे । सो अवसरमा उनले पूँजी निर्माण आफै बाट गर्नुपर्ने भएकोले सवैलाई सहकारीको सदस्य बन्न आग्रह गरे ।

साथै सहकारीले समाजलाई जोड्ने भएकोले यसको विस्तार आवश्यक रहेको जानकारी दिए । शर्माले किसानहरुलाई आत्मनिर्भर बनाउन विभिन्न किसिमका तालीम आवश्यक भएको बताए । त्यस्तै कृषिलाई एकिकृत विकास गरेर कृषिमा अत्मनिर्भर बन्न सुझाव दिए ।

कार्यक्रममा राष्ट्रिय सहकारी संघका निर्देश्क सुरेन्द्र केसीले सहकारी ऐन २०७२ बन्ने क्रममा रहेको जानकारी दिए ।

कार्यक्रममा सहकारीका अध्यक्ष भूमीप्रसाद रेग्मीले सहकारीको बार्षिक प्रतिवेदन समेत प्रस्तुत गरेका थिए । प्रतिवेदन अनुसार सहकारीले आर्थिक बर्ष ०७१÷७२को असार समान्तसम्ममा ६६ लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ । सहकारीले १५ प्रकारका तरकारीकहरुको विक्रीबाट सो आम्दानी गरेको रेग्मीले जानकारी दिए । १ लाख ५५ हजार पूँजी रहेको सहकारीको वचत १ लाख ८६ हजार पुगेको छ ।

12387752_738788329587641_444680369_nअध्यक्ष रेग्मीले घ्याल्चोक गाविसमा तरकारीको उत्पादन राम्रो भएपनि बजारको समस्या भएको जानकारी दिए । ‘ बजारको समस्या तथा कच्ची सडकका कारण बर्षतमा ९ लाख बराबरको तरकारी कुहिएर फाल्नुपर्ने अवस्था आउने गरेको छ’ उनले भने । साथै उनले कालिमाटीमा १ ओटा स्टल उपलब्ध गराइदिन माग गरेका छन् । त्यस्तै यस गाविस भित्रका १ घर १ सदस्य दिने प्रतिवद्धता समेत व्यक्त गरे ।
सो अवसरमा सहकारीलाई जग्गा दान गर्ने घ्याल्चोकका चन्द्रबहादुर श्रेष्ठ, देवमाया रेग्मी, श्री कृष्ण पौडेल , झम्कबहादुर मगरलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो । उनीहरुले २० लाख बराबरको जग्गा सहकारीलाई दान गरेका हुन् ।

अध्यक्ष रेग्मीले तरकारी स्टलका लागि भवन निर्माणका लागि सहयोग गर्न समेत आग्रह गरेका थिए ।
सहकारीले आगामी बर्षमा उत्कृष्ट किसानलाई पुरस्किृत गर्ने, शेयर सदस्यलाई सहकारी तालीम दिने तथा कार्यलयलाई व्यवस्थित गर्ने लगायत योजना रहेको जानकारी दिए । सहकारीमा ५ सय १४ जना आवद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL