Logo

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका थप २४ सय ४५ संक्रमित, ३२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका थप २४ सय ४५ संक्रमित, ३२ जनाको मृत्यु



काठमाडौं । नेपालमा सोमबार थप २ हजार ४ सय ४५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या ७ लाख १८ हजार ४ सय ९४ पुगेको छ ।

थप ७ हजार ८ सय ३३ जनाको पिसीआर परीक्षण तथा ३ हजार ८ सय ३१ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पिसीआर विधिबाट १ हजार ६ सय ४२ तथा एन्टिजेनबाट ८ सय ३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म ६ लाख ३३ हजार ३ सय ३२ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर एक हजार २ सय ५८ सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

काठमाडौँ उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा ४ सय ७४ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ३३०, ललितपुरमा ५६ तथा भक्तपुरमा ८८ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो समय नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप ३२ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ५ सय ८२ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्