Logo

प्रधानमन्त्री देउवाद्वारा खोप केन्द्रको अनुगमन, सहज रुपमा लगाउने प्रवन्ध गर्न निर्देशन

प्रधानमन्त्री देउवाद्वारा खोप केन्द्रको अनुगमन, सहज रुपमा लगाउने प्रवन्ध गर्न निर्देशन



काठमाडौ+। प्रधानमन्त्री शेरबहादुर देउवाले आजदेखि शुरु गरिएको अमेरिकी खोप जोनसनको खोप लगाउने अभियानको अनुगमन गरेका छन् ।

सोमबार बिहान प्रधानमन्त्री देउवाले नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीको खोप केन्द्रको स्थलगत अनुगमन गरेका हुन् ।

देउवाले सरकारको प्राथमिकता सबैलाई कोरोना विरुद्धको खोप भएको बताउदै खोप सहज रुपमा लगाउने प्रवन्ध गर्न निर्देशन पनि दिएका छन् ।

अमेरिकाले कोभ्याक्स कार्यक्रम मार्फत १६ लाख ३४ हजार डोज खोप नेपाल आइपुगेको हो । सबैजसो जिल्लामा खोप पुगिसेको मन्त्रालयले जनाएको छ ।

यो महिनाभित्र चीनबाट थप ३० लाख डोज भेरोसेलको खोप आउनेक्रममा रहेको छ । यो खोप नेपालले चीनबाट खरिद प्रक्रियाअन्तर्गत ल्याउन लागेको हो । त्यस्तै केही दिनमै जापानले अष्ट्रजेनिका खोप १६ लाख खोप आइपुग्ने क्रममा रहेकोले सो खोप आउनबित्तिकै कोभिडसिल्डको पहिलो डोज खोप लगाई दोस्रो डोज लगाउन नपाएकालाई दिने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL