Logo

आजदेखि जोनसनको खोप लगाउने अभियान शुरु, पहिलो प्राथमिकतामा को-को छन् ?

आजदेखि जोनसनको खोप लगाउने अभियान शुरु, पहिलो प्राथमिकतामा को-को छन् ?



काठमाडौं । आजदेखि काठमाडौं उपत्यकासहित देशभरका सबैजसो जिल्लामा अमेरिकाले अनुदानमा दिएको जोनसन एण्ड जोनसनको खोप अभियान शुरु हुदै छ ।

खोप अभियानको पहिलो तथा दोस्रो दिन ५० देखि ५४ वर्ष उमेर समूहभित्रका व्यक्तिहरू, पूर्ण र अति अशक्त अर्थात् अपांगताको क र ख वर्ग रहेका व्यक्ति, हाल नेपालमा बसोवास गरिरहेका शरणार्थी, सफाइकर्मी तथा स्वास्थ्यकर्मी रहनेछन् ।

साथै यसअघि छुटेका तोकिएका समूहका व्यक्तिलाई पनि खोप दिइने छ। खोप अभियानको लागि काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाले खोप केन्द्र तोकिइसकेका छन् । यस अघि भेरोसेल खोप लगाइएका केन्द्रबाट नै जोनसनको खोप लगाउने व्यवस्था गरिएको छ ।

खोप पुग्न बाँकी रहेका कतिपय दुर्गम ठाउँबाहेक धेरैजसो जिल्लामा सोमबारदेखि नै खोप अभियान सुरु हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

खोप अभियानको पहिलो दिन प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरी खोप केन्द्रमा स्थलगत अध्ययन भ्रमण गर्ने भएका छन् ।

जोनसनको यो खोप एक डोज मात्र लगाए पुग्ने खोप हो । कोरोनाविरुद्धको खोपमा यो मात्र एक डोज लगाउने खोप अहिलेसम्म बनेको छ ।

गत साता अमेरिकाले दिएको कोभ्याक्स कार्यक्रम अन्तर्गत १६ लाख ३४ हजार डोज खोप नेपाल आइपुगेको हो । सबैजसो जिल्लामा खोप पुगिसेको मन्त्रालयले जनाएको छ ।

यो महिनाभित्र चीनबाट थप ३० लाख डोज भेरोसेलको खोप आउनेक्रममा रहेको छ । यो खोप नेपालले चीनबाट खरिद प्रक्रियाअन्तर्गत ल्याउन लागेको हो । त्यस्तै केही दिनमै जापानले अष्ट्रजेनिका खोप १६ लाख खोप आइपुग्ने क्रममा रहेकोले सो खोप आउनबित्तिकै

कोभिडसिल्डको पहिलो डोज खोप लगाई दोस्रो डोज लगाउन नपाएकालाई दिने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL