Logo

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, १७ महिना देशको बागडोर सम्हाल्ने जिम्मा

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, १७ महिना देशको बागडोर सम्हाल्ने जिम्मा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत पाएका छन् । सर्वोच्च अदालतको निर्णयबाट प्रधानमन्त्रीमा बहाली भएका देउवाले आज संसदमा विश्वासको मत लिएका थिए ।

नेपालको संविधानको धारा ७६ को उपधार ६ बमोजिम संसदमा विश्वासको मत पाएका हुन् । प्रधानमन्त्री देउवाले विश्वासको मत लिने क्रममा कुल २७१ संसदमध्ये मतमध्ये २४९ खसेको थियो । जसमध्ये देउवाको पक्षमा १६५ परेको थियो भने विपक्षमा ८३ मत परेको थियो । साथै तटस्थमा १ मत परेको थियो ।

यसैगरी पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली पक्षकै सांसदहरु प्रेम आले, कृष्णकुमार श्रेष्ठ ‘किसान’, गोपाल बम र धनबहादुर बुढाले देउवालाई मत दिएका हुन् । आजै नेकपा एमालेका संसद भिम रावलले भने पदबाटै राजिनामा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्