Logo

आर्थिक बर्षको पहिलो दिन सेयर बजारमा उत्साह, एकै दिन नेप्से ९७ अंकले बढ्दा सेन्सेटिभ समुह पनि उचालियो

आर्थिक बर्षको पहिलो दिन सेयर बजारमा उत्साह, एकै दिन नेप्से ९७ अंकले बढ्दा सेन्सेटिभ समुह पनि उचालियो



काठमाडौं । नयाँ आर्थिक बर्षको पहिलो दिन सेयर बजारमा लगानीकर्ताको उत्साह देखिएको छ । आईतबार बजार खुलेदेखि नै उकालो लागेको सेयर बजार पछिल्लो समयकै उच्च अर्थात ३.३७ अंकले बढ्न पुगेको छ ।

आर्थिक बर्षको पहिलो दिन नेप्से परिसुचक ९७.२३ अंकले उकालो लाग्दा कारोबार रकम पनि बढ्न पुगेको छ । बजारमा आज केही समययताकै उच्च ११ अर्ब ६३ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

बजारमा सबैभन्दा बढि प्रभुत्व रहेको बैंकिङ समुहको परिसूचक उचालिँदा सेन्सेटिभ समुहको परिसुचक उच्च रुपमा बढ्नुका साथै समग्र नेप्से परिसुचकमा उच्च अंकको वृद्धि आएको छ । दिनभर बैंकिङ समुहको परिसुचक ९२.५८ अंकले बढ्दा सबैभन्दा बढि बीमा समुहको परिसुचक ६४८ अंकले उकालो लागेको छ । यसैगरी बजारमा निर्जीवन बीमा समुहको परिसचुक ४४१ अंकले बढ्दा विकास बैंक समुहको परिसुचक २३३ अंकले उकालो लागेको छ ।

आर्थिक बर्षको पहिलो दिन सबै समुहको परिसुचक बढ्दा ५ कम्पनीले भने सर्किट हान्न पुगेको छ । उच्च अंकले बढेको बजारम मञ्जुश्री फाइनान्सको ४१ करोड रपैयाँको सेयर कारोबार भएको छ भने दोस्रो बढि कारोबार हुनेको सूचीमा नबिल बैंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL