Logo

ओली सरकारले ११ देशका लागि गरेको राजदूत सिफारिस देउवाले गरे खारेज

ओली सरकारले ११ देशका लागि गरेको राजदूत सिफारिस देउवाले गरे खारेज



काठमाडौं । सरकारले केपी ओली प्रधानमन्त्री भएकाल बेला ११ देशका लागि नियुक्त गरिएको राजदुत सिफारिस खारेज गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले संसदीय प्रक्रिया छलेर राजदुत नियुक्तीको सिफारिस गरिएको भन्दै सिफारिस खारेज गरेको हो ।

अघिल्लो सरकारले अस्ट्रियाका लागि निर्मलराज काफ्ले, श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, इजिप्टका लागि जीवनप्रकाश श्रेष्ठ, दक्षिण कोरियाका लागि कृष्णचन्द्र शर्मालाई राजदूत नियुक्त गरेको थियो । यस्तै रसियाका लागि जंगबहादुर चुहान, अष्ट्रेलियाका लागि सुम्निमा तुलाधार, म्यानमारका लागि नारायणप्रसाद संग्रौला, ब्राजिलका लागि कुलप्रसाद नेपाल, डेनमार्कका लागि सुमित्रा सुवेदी, साउदी अरेवियाका लागि मेराज मुसलमान र बहराइनका लागि युवराज कार्कीलाई राजदूतमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL